कुमारी बैंकबाट कामु सिईओ तिमिल्सिना अलग भए

कुमारी बैंकबाट कामु सिईओ तिमिल्सिना अलग भए

काठमाडौं । कुमारी बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना बैंकको जिम्मेवारीबाट अलग भएका छन् । १९ करोड कर्जा प्रवाहमा अनुसन्धानलाई सहयोग पुगोस् भनेर कुमारी बैंकबाट अलग भएका हुन ।

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागजपत्र बनाएर ऋण लिएको विषयमा अनुसन्धान गरेको राष्ट्र बैंकको टोलीले अध्ययन प्रतिवेदन बुझाएको छ। यस्तै प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले पनि यसबारे अध्ययन गरिरहेको छ । बैंकको सिईओ तिमिल्सिनासँग व्यूरोले सोधपुछ गरिसकेको छ । उसो त सिईओ तिमिल्सिनालाई हटाउन बैंक संचालकहरुलाई पनि दबावा छ ।

नक्कली कागजपत्र बनाएर कुमारी बैंकबाट ऋण चलाइएको थियो। १९ करोड रुपैयाँ लिइएको ऋण अहिले भुक्तानी भइसकेको छ।

प्रकाशित मिति:     २० मंसिर २०७८, सोमबार  |    Himali Khabar