आइएमईको ‘डबलको डबलको डबल अफर’ को बम्पर उपहार दोलखाका दाहालले जिते

आइएमईको ‘डबलको डबलको डबल अफर’ को बम्पर उपहार दोलखाका दाहालले जिते

काठमाडौं । आइएमई रेमिटको पर्व लक्षित योजना ‘डबलको डबलको डबल अफर’ को बम्पर उपहार विजेता घोषणा गरेको छ । दुबईबाट आइएमईमार्फत् १ लाख ५६ हजार ५ सय ५८ रुपैयाँ रेमिट्यान्स पठाउने दोलखाका जीवेश दाहालले लक्कि ड्रमार्फत बम्पर उपहार प्राप्त गर्नुभएको छ । दाहालले बम्पर उपहार अन्तर्गत १२ लाख ५२ हजार ४ सय ६४ रुपैयाँ प्राप्त गरे ।

असोज १ देखि कात्तिक २६ सम्म चलेको यो अफरमा साप्ताहिक २ जनाका दरले १६ जना र मासिक २ जनाका दरले ४ जना पुरुस्कृत भइसकेका छन्। बम्पर लक्की ड्रबाट दाहालले आठ गुणा रकम पाएका छन्।

आइएमई रेमिटले दशैं, तिहार र छठ पर्वको अवसरमा ८ साता लामो अफरमा प्रत्येक साता एक–एक जना विजेता घोषणा गरिएको थियो । आजकै कार्यक्रममा ८औं हप्ताको विजेता समेत घोषणा गरिएको थियो । जसमा मुनाल क्षेत्री विजेता घोषणा भएकी हुन ।

प्रकाशित मिति:     २ मंसिर २०७८, बिहीबार  |    Himali Khabar