आरम्भ चौतारी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त, अध्यक्ष पोखरेलले सपथ ग्रहण गराए

आरम्भ चौतारी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त, अध्यक्ष पोखरेलले सपथ ग्रहण गराए

काठमाडौं, १५ असोज । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । हिजो बसेको बैंक सञ्चालक समिति बैठकले उनलाई नियुक्त गरेको हो ।

संस्थाको केन्दि«य कार्यालय बनेपामा भएको कार्यक्रममा संचालक समितिका अध्यक्ष जगत बहादुर पोखरेलले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराए । नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्माले ग्रामिण विकासमा स्नातकोत्तर गरेका छन् भने बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यअनुभव छ ।

निर्धन उत्थान बैंकबाट शाखा प्रमुखको रुपमा कार्य शुरु गरेका शर्माले मिर्मिरे लघुवित्त, सनराईज बैंक, एनआईसि एसिया बैंकमा विभिन्न विभागका साथै एनआईसि एसिया बैंकको सहायक कम्पनी एनआई एशिया लघुवित्तमा स्थापनाकाल देखी प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन् ।

हाल संस्थाले ७ प्रदेश ५२ जिल्ला १३७ वटा शाखा कार्यालय मार्फत ८७ हजार सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ। संस्थाले ४८ हजार ऋणी मार्फत ४ अर्व ७८ करोड कर्जा लगानी र १ अर्व ३६ करोड निक्षेप संकलन गरेको छ ।

प्रकाशित मिति:     १५ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar