नबिल बैंकलाई दोस्रोपटक लिडिङ पार्टनर बैंक अवार्ड

नबिल बैंकलाई दोस्रोपटक लिडिङ पार्टनर बैंक अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक– ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम ९टीएससीएफपी०द्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ। सोही अवार्ड नबिल बैंकले गत वर्ष पनि पाएको थियो।

एशियाली विकास बैंकको टीएससीएफपीद्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौसला दिने उद्देश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ। ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋणमार्फत् बजारमा रहेका कठिनाइहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ।

प्रकाशित मिति:     १४ आश्विन २०७८, बिहीबार  |    Himali Khabar