मेगा बैंकका ग्राहकहरुलाई कान्तिपुर अस्पतालमा विशेष छुट

मेगा बैंकका ग्राहकहरुलाई कान्तिपुर अस्पतालमा विशेष छुट

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ। मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो।

सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने एम्बुलेन्स सेवा निःशुल्क पाउनेछन्। आईसीयू, एचसीयू, भेन्टिलेटर र औषधि खरिद गर्दा भने १० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ।

प्रकाशित मिति:     ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar