अभियान लघुवित्तको सञ्चालकमा थापा नियुक्त

अभियान लघुवित्तको सञ्चालकमा थापा नियुक्त

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा केशव थापा नियुक्त भएका छन् । शनिबार बसेको सञ्चालक समितिको बैठकले थापालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

उनलाई संस्थाका अध्यक्ष बाबुराम थापाले शनिबार नै सपथ ग्रहण गराएका अभियान लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले जानकारी दिए । थापा नेपाल राष्ट्र बैंकको निर्देशकबाट अवकास प्राप्त हुन् ।

काभ्रेको पनौति घर भएका थापाले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् भने उनी विभिन्न क्याम्पसहरुमा अध्यापन पेशामा कार्यरत छन् ।

प्रकाशित मिति:     २० भाद्र २०७८, आईतवार  |    Himali Khabar