एनसीएचएलमार्फत् गतबर्ष १३ खर्ब रकम भुक्तानी

एनसीएचएलमार्फत् गतबर्ष १३ खर्ब रकम भुक्तानी

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का विभिन्न प्रणालीमार्फत् आर्थिक वर्ष २०७७/०७८ मा १३ खर्ब नगदरहित भुक्तानी कारोबार भएको छ । एनसीएचएलले एनसीएचएल–इसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आईपीएसलगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तिय संस्था, सदस्य भुक्तानी सेवा प्रदायक, नेपाल सरकार लगायत अन्य विभिन्न संघ संस्थाहरूले प्रयोग गर्ने च्यानलहरू संचालन गर्दै आएको छ ।

यस अवधिमा कुल ४ करोड ४७ लाख बढी भुक्तानी कारोबार भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११७ प्रतिशतले बढी हो ।

नेपाल क्लियरिङले देशको डिजिटल भुक्तानी पूर्वाधार विकासका निम्ती राष्ट्रिय स्तरका भुक्तानी तथा फर्स्याैटका प्रणालीहरू निर्माण तथा सञ्चालन गर्दै आएको छ । यसमा ५९ बैंक वित्तिय संस्था, २३ भुक्तानी सेवा प्रदायक, १२ रेमिट्यान्स कम्पनी, ७ इन्सुरेन्स कम्पनी, १२ सरकारी तथा अर्ध सरकारी निकाय र अन्य ७ विभिन्न संघ संस्थाहरू आबद्ध छन् ।

प्रकाशित मिति:     १६ श्रावण २०७८, शनिबार  |    Himali Khabar