४० बैंक तथा वित्तीय संस्था सामाजिक सुरक्षा कोषमा आवद्ध

४० बैंक तथा वित्तीय संस्था सामाजिक सुरक्षा कोषमा आवद्ध

काठमाडौं । सरकारको घोषणालाई अटेर गर्दै बसेका बैंक तथा वित्तीय संस्था र ठूला रोजगारदाता पछिल्लो समय सामाजिक सुरक्षा कोषमा धमाधम आबद्ध हुन थालेका छन् । कोषका अनुसार हालसम्म ७१ बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन् ।

आधाभन्दा बढी बैंक तथा वित्तीय संस्था कोषमा सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकको गत चैत मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालमा १ सय ३९ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । तीनवटा वाणिज्य बैंकसहित ४० वित्तीय संस्थाले योगदान रकम दाखिला गर्न थालिसकेका छन् । कोषमा नौ वाणिज्य बैंक, तीन विकास बैंक, १३ वित्त कम्पनी र ४६ वटा लघुवित्त कम्पनी सूचीकृत भएका छन् ।

कोषमा सूचीकृत भएका वाणिज्य बैंक मध्ये स्टाण्र्र्डर्ड चाटर्ड, लक्ष्मी र नेपाल एसविआइ बैंकले योगदान रकम दाखिला गर्न सुरु गरिसकेका छन् । ३४ बीमा कम्पनी पनि कोषमा सूचीकृत भएका छन् । सूचीकृतमध्ये १३ वटाले योगदान रकम जम्मा गर्न थालेका कोषले जनाएको छ ।

प्रकाशित मिति:     ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar