प्रोग्रोशिभ फाइनान्सको जनकपुर र पाँचखालमा शाखा सञ्चालन

प्रोग्रोशिभ फाइनान्सको जनकपुर र पाँचखालमा शाखा सञ्चालन

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २को जनकपुर उपमहानगरपालिका वडा नं २ भानुचोक तथा बाग्मती प्रदेशको पाँचखाल नगरपालिका वडा नं ४ मा शाखा कार्यालय विस्तार गरेको छ। योसँगै फाइनान्सको शाखा संख्या १३ वटा पुगेको छ ।

वित्तीय संस्थाक ाप्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड १९को महामारीकाबीच स्थापना गरिएको नयाँ शाखाहरुले जनकपुर तथा पाँचखालका नगर क्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीयको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने जनाए ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखा रहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । फाइनान्सले केहीदिनभित्र नै देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा थप३ वटा शाखाहरु त्था एक विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी समेत गरिसकेको छ ।

प्रकाशित मिति:     ८ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar