यी१६ बैंक ह्याक गर्ने भन्दै इमेल आएपछि…

यी१६ बैंक ह्याक गर्ने भन्दै इमेल आएपछि…

काठमाडौं। रसियाको सर्भर प्रयोग गरेर अज्ञात व्यक्तिले नेपालका १६ वटा बैंकको नाम तोकेर ह्याक गर्ने धम्की दिएको छ। उक्त इमेलमा राष्ट्र बैंक,कुमारी, नेपाल बैंक,नबिल,राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे, एनएमबी, एनआईसी एसिया, बैंक अफ काठमाडू, सिटिजन्स इन्टरनेशनल, सानिमा, एसबीआई बैंकको नाम किटान गरिएको छ।

उक्त इमेलमा भनिएको छ, “अबको २४ घन्टामा दक्षिण एसियाकै सबैभन्दा ठूला बैंक ह्याकिङ हुन्छ। यस इमेललाई मजाकको रुपमा नलिनू।”

प्रकाशित मिति:     ७ श्रावण २०७८, बिहीबार  |    Himali Khabar