सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभेर एकीकृत कारोबार थाल्यो

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभेर एकीकृत कारोबार थाल्यो

काठमाडौं । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि आजदेखि एकीकृत कारोबार शुरु गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल र सिर्जना फाइनान्सका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेषसमारोहबीच सिटिजन्स बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरे ।

२०७८ साल असार २५ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्सलाई समेतप्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ४१ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब२४ अर्ब रुपैयाँ हुनेछ ।

प्राप्ती पश्चात बैंकको कुल शाखा १८९ हुनेछ । यस प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिव १२ लाख पुगेको छ ।

प्रकाशित मिति:     २७ असार २०७८, आईतवार  |    Himali Khabar