सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभेर असार २६ बाट एकीकृत कारोबार सुरु गर्ने

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभेर असार २६ बाट एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई एक्वायर गरेर असार २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवैलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब सिटिजन्स बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

दुवैको जेठ २७ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १००ः९५ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको छ ।

प्रकाशित मिति:     १८ असार २०७८, शुक्रबार  |    Himali Khabar