नबिल बैंकले बालबालिकालाई लक्षित गर्दै ल्यायो ‘नबिल जेन अल्फा’

नबिल बैंकले बालबालिकालाई लक्षित गर्दै ल्यायो ‘नबिल जेन अल्फा’

काठमाडौं । राष्ट्रिय बाल दिवसको अवसरमा नबिल बैंकले नेपालमै पहिलोपटक ‘नबिल जेन अल्फा’ एप सार्वजनिक गरेको छ।

नबिल जेन अल्फाका ब्राण्ड एम्बासेडर प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा एप सार्वजनिक गरेको हो।

बैंकका अनुसार ‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकलाई लक्षित गरेर ल्याइएको नेपालकै पहिलो एप हो।

अभिभावकहरूले यस एपमार्फत आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्ने कम्पनीले बताएको छ ।

प्रकाशित मिति:     २९ भाद्र २०७९, बुधबार  |    Himali Khabar