प्रहरीको बढेको रासनभत्ता छिट्टै कार्यान्वयनमा आउने

प्रहरीको बढेको रासनभत्ता छिट्टै कार्यान्वयनमा आउने

काठमाडौं । सरकारले १५ प्रतिशतले वृद्धि गरेको रासनभत्ता छिट्टै कार्यान्वयनमा ल्याउने भएको छ। आर्थिक वर्ष २०७८–०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ मा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउन लागिएको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको वृद्धि भएको रासन भत्तासम्बन्धी फाइल गृहमन्त्री बालकृष्ण खाणले मन्त्रिपरिषदमा पेश गर्ने भएका छन्। आगामी मन्त्रिपरिषद बैठकबाट पारित भएसँगै वृद्धि भएको रासन भत्ता कार्यान्वयनमा आउने गृहमन्त्रीको सचिवालयले जनाएको छ।

गृहमन्त्री खाणले प्रहरीको रासन भत्ता सम्बन्धी फाइल स्वीकृतसमेत गरिसकेका छन्।

प्रकाशित मिति:     ४ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar