काठमाडौं । भ्रष्टाचारीलाई कारवाही नगरेको भन्दै दुग्ध विकास संस्थान ९डीडीसी०का कर्मचारीले आन्दोलन सुरु गरेका छन् । लैनचौरस्थित डीडीसी कार्यालयमा आन्दोलन गर्दै त्यहाँका कर्मचारी संघले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।
कर्मचारीहरुले डीडीसीको प्रवेशद्वारमै धर्ना दिएर मंगलबारदेखि आन्दोलन थालेका हुन् । डीडीसीका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले एक करोडभन्दा बढी रकम भ्रष्टाचार गरे पनि हालसम्म व्यवस्थापनले कारवाही नगरेको आन्दोलित कर्मचारीहरुको भनाइ छ ।
उपपमहाप्रबन्धक अधिकारीले डीडीसीमा एक करोडभन्दा बढी रकम हिनामिना गरेको भन्दै सञ्चालक समितिका साथै महालेखापरीक्षकको कार्यालयले पनि प्रतिवेदनमा उल्लेख गरेको थियो । महाप्रबन्धक पौडेलले हालसम्म उनलाई कारवाही नगरेको कर्मचारीहरुको भनाइ छ ।