काठमाडौं । समाज कल्याण परिषदका पदाधिकारीले राजीनामा दिएका छन् । बिहीबार बेलुका महिला समाज कल्याण तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव मार्फत सातै जना पदाधिकारीले राजीनामा बुझाएका थिए ।
परिषद्ले एक महिना अघिदेखि सरकारसँग बजेट माग गरेको थियो । परिषद्लाई बजेट किन दिइएन भनेर बुझ्न जाँदा प्रधानमन्त्री कार्यालयबाट राजीनामा प्रस्ताव आएकोले पदाधिकारीले राजीनामा बुझाएको परिषद्का प्रवक्ता दूर्गा प्रसाद भट्टराईले जानकारी दिए ।
उपाध्यक्षमा डा. पद्म प्रसाद खतिवडा,र सदस्य सचिवमा पुष्कर खाती यसैगरी सदस्यहरुमा, गोबिन्दबहादुर शाही, डा. ब्रम्हध्वज गुरूङ, डा. मनीराम बञ्जाडे, शुसील ज्ञवाली र नानीमाया थापा गत वर्षको साउन १३ गते नियुक्त भएका थिए ।