साझाले सीचएपीसीको ४० वटा विद्युतीय बस ६१ करोडमा किन्ने

साझाले सीचएपीसीको ४० वटा विद्युतीय बस ६१ करोडमा किन्ने

काठमाडौं । साझा यातायातले चीनको सीएचपीसी कम्पनीको विद्युतीय बस किन्ने भएको छ । टेन्डर आह्वान गर्दा ९ कम्पनीको बोलपत्र पेश गरेको आर्थिक तथा प्राविधिक मूल्यांकनमा सीएचपीसी पास भएको हो । सीचएपीसीका बस नेपालमा ‘दि गो’ नामको कम्पनीले ल्याएर बिक्री गर्ने गरेको छ । सीएचपीसीसँग प्रतिबस डेढ करोड रुपैयाँ मूल्यमा किन्न लागेको हो ।

गत चैत १३ गते बोलपत्र आह्वान गर्दै साझा यातायातले ४० वटा बस किन्न प्रक्रिया अघि बढाएको थियो । साझाका अनुसार ४० वटा बसमा ६१ करोड खर्चिनुपर्ने भएको छ । साझा यातायातका सञ्चालक भुषण तुलाधारका अनुसार टेन्डरमा ९ वटै चिनियाँ कम्पनी प्रतिस्पर्धामा थिए । साझाले भारतीय कम्पनीहरु पनि प्रतिस्पर्धामा आउने अनुमान गरेको थियो । तर, सबै चिनियाँ कम्पनीहरु मात्रै प्रतिस्पर्धामा आएका थिए । जोङतोङ, बीवाईडी, फोटोन लगायतका प्रशिद्ध ब्रान्डहरु प्रतिस्पर्धामा थिए ।

प्रकाशित मिति:     ७ आश्विन २०७८, बिहीबार  |    Himali Khabar