१२ औं राष्ट्रिय जनगणना शुरु

१२ औं राष्ट्रिय जनगणना शुरु

काठमाडौं । आजबाट १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत आजबाट घर तथा घरपरिवारको सूचीकरण शुरुवात भएको हो ।

भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर(घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने केन्द्रीय तथ्यांक विभागका निर्देशक एवम् सूचना अधिकारी तीर्थ चौलागाईंले जानकारी दिए । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ ।

गत २७ र २८ भदौमा तालिम पाएका ८ हजार ५ सय सुपरिवेक्षकहरुलाई सूचीकरणमा खटाइएको छ । सूचीकरणकै आधारमा मूल गणना गरिन्छ ।

प्रकाशित मिति:     ३० भाद्र २०७८, बुधबार  |    Himali Khabar