काठमाडौं । चालू आर्थिक वर्ष २०७७/०७८ को १० महिनामा कुल १७६ उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा २४९ नयाँ उद्योग दर्ता भएका थिए ।
दर्ता हुने नयाँ उद्योग संख्या घटे पनि लगानी प्रस्ताव भने गत वर्षको तुलनामा करिब ४ अर्बले बढेको छ । १७६ उद्योगमा कुल १ खर्ब ४३ अर्ब ४७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
गत वर्ष सोही अवधिमा २४९ नयाँ उद्योगमा १ खर्ब ३९ अर्ब ६७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।
उद्योग विभागका सूचना अधिकारी घनश्याम पराजुलीका अनुसार कोरोनाका कारण सृजित अनिश्चिततका कारण उद्यमीहरुले थप लगानी गर्न हिच्किचाउँदा नयाँ उद्योग दर्ता हुने क्रम घटेको हो ।