कोभिड–१९ खोप खरिदका लागि सरकारद्वारा आर्थिक सहयोग माग
काठमाडौं, २९ पौस । सरकारले कोभिड–१९ विरुद्धको खोप खरिद गर्न आर्थिक सहयोग माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचनामार्फत दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्था एवं फिल्यान्थ्रोपिक एसोसियसनलाई खोप कोषमा योगदान गर्नका आह्वान गरेको हो ।
मन्त्रिपरिषदको कात्तिक २४ गतेको निर्णय अनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगको लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरुलाई निःशुल्क खोप उपलब्ध गराउन ठुलो रकम आवश्यक भएको उल्लेख छ । यस्तै सरकारले कोषमा योगदान गर्ने दाताहरुसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने पनि बताएको छ ।
यसअघि सबैलाई निःशुल्क खोप दिइने जानकारी दिँदै आएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचनामा भने ‘लक्षित सूमहहरुलाई निस्शुल्क खोप उपलब्ध गराउन’ भनेर स्पष्ट पारेको छ ।








Leave a Reply
Be the First to Comment!