३० तोला सुन लुटपाट प्रकरणमा प्रहरीकै भूमिकाबारे छानविन गर्न समिति गठन
काठमडौं, २७ पौस । काठमाडौंको सामाखुशीबाट यही १० पुसमा लुटिएको दाबी गरिएको ३० तोला सुन प्रकरणमा प्रहरीको भूमिकामाथि छानविन गर्न समिति गठन गरिएको छ। महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी उपरीक्षक (एसपी) भोलाराज रावलको नेतृत्वमा काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी प्रमेश विष्ट र अपराध महाशाखाका डीएसपी निशान थापाको तीन सदस्यीय समिति बनाइएको छ।
समितिलाई प्रकरणबारे यथाशिघ्र छानविन गरेर प्रतिवेदन बुझाउन भनिएको छ । अल नेपाल अस्पताल अगाडिबाट दोलखाका संयोग कार्की, सुवास तिम्सिनासहितका व्यक्तिको सुनको ब्रास्लेट लुटिएको भनिएको थियो । त्यसबारे जानकारी पाएपछि बसपार्क प्रभागका प्रहरी नायब निरीक्षक (सई) नवराज इटानीले योजनाकार भएको बताउँदै सुर्खेतका दीपक नेपालीलाई पक्राउ गरेका थिए ।
यद्यपि, उनले आफ्नो कमाण्डर बसपार्कका निरीक्षकलाई रिपोर्ट नगरी महाराजगञ्ज प्रहरी वृत्त लगेका थिए । इटानीले करिब डेढ घन्टा केरकार गरेर साँझ महाराजगञ्ज लगेपछि डीएसपी रोशन खड्काले लुटिएको भनिएको सुनबारे सोधीखोजी गरेका थिए । पीडित भनिएकाले सुनको बिल देखाउन नसकेपछि डीएसपी खड्काले पक्राउ परेका नेपालीलाई छाडेको भनिएको छ । तर, कार्कीले भने पीडितलाई नै उल्टै बिल देखाउन भन्दै मुद्दा चलाउने धम्की दिएको आरोप लगाएका छन् ।








Leave a Reply
Be the First to Comment!