पाटा नेपालको स्टुडेन्ट च्याप्टरमा नयाँ कार्यसमिति चयन
काठमाडौं, २७ पौस । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल स्टुडेन्ट च्याप्टरले हिजो भर्चुअल कार्यक्रम गरी ग्लोबल कलेज इन्टरनेशनलमा अध्ययनरत बीएचएम छात्रा रेजिना उप्रेतीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। यसअघि स्टुडेन्ट च्याप्टरको अध्यक्षतामा पब्लिक युथ क्याम्पसका विद्यार्थी सुरेन्द्र न्यौपाने सकृय थिए । आफ्नो कार्यकाल समापन लगत्तै उनले अब निवर्तमान अध्यक्षको रुपमा आफ्नो भूमिका निर्वाह गर्नेछन् । त्यसैगरी, पाटा नेपालका सिईओ सुरेश सिंह बुडाल स्टुडेन्ट च्याटरको सल्लाहकारको रूपमा रहनेछन् ।
पाटा नेपाल च्याप्टर अन्तर्गत स्थापित पाटा नेपाल स्टुडेन्ट च्याप्टर पाटा नेपालमा आबद्ध हस्पिटालिटी तथा पर्यटन शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूको एक साझा मञ्च हो, जसले विद्यार्थीहरूलाई पर्यटन क्षेत्र सँगको निकट आबद्धता, सम्बन्ध विस्तार, ज्ञान, शिप तथा दक्षता अभिवृदि र पर्यटन क्षेत्रमा युवा पर्यटन पुस्ताको उज्वल भविष्य निर्माणमा उल्लेखनिय भूमिका खेल्दै आएको छ।
स्टुडेन्ट च्याप्टरको नयाँ कार्य समितिमा अध्यक्ष रेजिना उप्रेती (जिसिआई) उपाध्यक्ष पुकार भण्डारी (क्याथ), सचिव अनुशा खतिवडा (मिड भ्याली), कोषाध्यक्ष प्रकृति घिमिरे (नाथम) सहित कार्यकारी सदस्यहरुमा आसुतोष आचार्य (मिड भ्याली), विजिता शाक्य (नाथम), प्रहिमा राना (आईएसटी), विष्णु चौधरी (आईएसटी), जिना बस्नेत (एबीसी), प्रविण तामाङ (एबीसी), प्रिया धौबञ्जर (जिसिआई), प्रतीक रत्न तुलाधर (गेट), दिपेश्ना हमाल (गेट), बिबिशा ढकाल (पिएचएस), अभिषेक भुजेल (पिएचएस), सञ्जिका रसाईली (गेट वे), सपना मसराङ्गी (गेटवे), निपेश बराल (एनसीटीटीएम), यान्जी शेर्पा (एनसीटीटीएम), पूर्ण शोभा महर्जन (क्याथ), स्वप्निल करनजीत (एलएसीएम), आकृति राज्य लक्ष्मी राउत (एलएसीएम), फैजा बानु (सिल्भर माउन्टेन) र ओजश्वी कक्षपति (सिल्भर माउन्टेन) चयन भएका छन्।
अध्यक्ष छनोट समितिमा रहेर पाटा नेपालका अध्यक्ष विभुति चन्द ठाकुर, कार्यकारी सदस्य अब्दुल्ला टन्सर केसिसी र विज्ञ सदस्य दिपक राज जोशीले अध्यक्षका उम्मेद्वारहरूको मूल्यांकन गरेका थिए, जहाँ कार्य समितिका सदस्यहरूले भर्चुअल मतदानद्वारा अध्यक्षको चयन गरेका थिए ।








Leave a Reply
Be the First to Comment!