२०७७ माघ ८

विवेकशील साझाका अध्यक्ष मिश्रलाई प्रधानमन्त्रीका सल्लाहकार रिमालको धम्की !

काठमाडौं, २६ पौस । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आफूलाई धम्की दिएको बताएका छन् । मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “धम्की नै धम्की ! प्रधानमन्त्री ओली पूर्वप्रधानन्यायाधीश तथा अन्य आलोचकप्रति धम्कीपूर्ण भाषा प्रयोग गर्ने । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार मलाई धम्कीपूर्ण भाषा प्रयोग गर्ने । मैले तलको टिप्पणी गरेपछि उहाँले ट्विटरमा सीमामा बस्न चेतावनी दिनुभएको हो ।”

 

 
सामाजिक सञ्जाल ट्विटरमा मिश्रले गरेको ट्विटमा रिमालले कमेन्ट गरेपछि दुवैबीच सवालजवाफ चलेको हो । शनिबार साँझ मिश्रले प्रधानमन्त्रीप्रति आक्रोशित हुँदै ट्विट गर्नुभएको थियो । उहाँले लेख्नुभएको थियो ‘कस्तो समय आयो पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने । प्रधानमन्त्री÷राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध र्‍याली आह्वान गर्दा हजारौं सरीक हुने । अब अति भो ’

 

 
सो ट्विटमा रिमालले जवाफ दिँदै भनेका छन्, ‘ सीमामा बस्नुस् रवीन्द्र जी तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यति चाहि भनुँ– मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ ।’

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
Contact Office
Welcome Digital pvt.ltd
Department of Information and Broadcasting
Reg.no. 1624⁄2076-077
Kamaladi, Kathmandu
Contact : 01-4258581
Email : himalikhabar10@gmail.com
Editor : Shanker PD.Pandit


www.himalikhabar.com All rights reserve 2016