ला लिगा फुटबलमा रियल बराबरीमा रोकियो
काठमाडौं, २६ पौस । उपाधि दाबेदार रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ । साविक विजेता रियलले बराबरी खेल्दै अंक बाँडेको छ । शनिबार राति भएको खेलमा रियल ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो । पछिल्लो समय रियल उपाधि होडमा आफूलाई बलियो बनाउने योजनामा रहेको छ ।
शीर्ष स्थानको एट्लेटिको मड्रिड दुई खेल कम खेल्दा बलियो बनिरहेको छ । बराबरीमा रोकिएसँगै रियलले १८ खेलमा ३७ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ । ओसासुना १५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।








भिडियो
Leave a Reply
Be the First to Comment!