२०७७ माघ ८

भारतले जनवरी १६ देखि कोरोनाको खोप लगाउने

काठमाडौं, २६ पौष । भारतमा यही जनवरी १६ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ। खोप अभियान सुरु हुने मिति र खोपको प्राथमिकता शनिबार घोषणा गरिएको हो।

 
सबैभन्दा पहिला स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिएकाहरुलाई खोप दिइनेछ भने त्यसपछि ५० वर्षमाथिका र गम्भीर बिरामी रहेका ५० भन्दा कम उमेरका मानिसहरुलाई खोप लगाइनेछ ।

 
पहिलो चरणमा उच्च खतरामा परेका समूहका २७ करोड, १ करोड स्वास्थ्यकर्मी, २ करोड फ्रन्टलाइनमा खटिएका व्यक्तिहरुलाई खोप दिइने जनाइएको छ। उनीहरुलाई २८ दिनपछि अर्को डोज खोप दिइने जनाइएको छ। भारतका कोभिशिल्ड र कोभाक्सिन खोपलाई अनुमति दिइएको छ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
Contact Office
Welcome Digital pvt.ltd
Department of Information and Broadcasting
Reg.no. 1624⁄2076-077
Kamaladi, Kathmandu
Contact : 01-4258581
Email : himalikhabar10@gmail.com
Editor : Shanker PD.Pandit


www.himalikhabar.com All rights reserve 2016