२०७७ माघ ८

टोखामा श्रीमानको हत्या गरी श्रीमतीले गरिन् आत्महत्या

काठमाडौं, २५ पौस । काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छन् । श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेकी हुन् ।

 

 
उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । उनीहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका थिए । सुर्खेत घर भएका उनीहरुबीच केही दिनयता विवाद हुँदै आएको थियो । गएराति उमेश बेडरुममा लडिरहेको अवस्थामा फेला परेका थिए भने श्रीमती सुदिक्षा कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उमेशको शव नजिकै रगत लागेको सिलौटोसमेत फेला परेको र उनको कानबाट रगत बगेको देखिएकाले सिलौटो प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको एक अधिकारीले बताए ।

 

 

विस्तृत विवरण भने पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीका डिएसपी प्रमिश विष्टले घटनाबारे आफूहरुले गएराति पौने नौ बजे खबर पाएको र त्यसलगत्तै घटनास्थलमा पुगेर मुचुल्का उठाइ पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाइएको जानकारी दिए ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
Contact Office
Welcome Digital pvt.ltd
Department of Information and Broadcasting
Reg.no. 1624⁄2076-077
Kamaladi, Kathmandu
Contact : 01-4258581
Email : himalikhabar10@gmail.com
Editor : Shanker PD.Pandit


www.himalikhabar.com All rights reserve 2016