२०७७ माघ ८

वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल नम्रता श्रेष्ठ नियुक्त

काठमाडौं, २४ पौस । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्ती गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबिच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।

 

 
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठलाई नियुक्ती गरिएको बताए । यस्तै दी हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।

 

 

बैंकले गत आर्थिक वर्ष २०७६÷०७७ मा ४ अर्ब ४५ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप २ खर्ब ३० अर्ब रुपैंया, कर्जा १ खर्ब ५० अर्ब रुपैंया र हालको बेस रेट ५.७४ प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २४५ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
Contact Office
Welcome Digital pvt.ltd
Department of Information and Broadcasting
Reg.no. 1624⁄2076-077
Kamaladi, Kathmandu
Contact : 01-4258581
Email : himalikhabar10@gmail.com
Editor : Shanker PD.Pandit


www.himalikhabar.com All rights reserve 2016