अब काठमाडौंबाट इन्डोनेसियाको जर्कातामा सिधा हवाई उडान
काठमाडौं, २४ पौस । अब काठमाडौं र इन्डोनेसिया सीधा उडानबाट जोडिने भएका छन् । यसका लागि इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी गरुडा इन्डोनेसियाले राजधानी जकार्ताबाट काठमाडौंका लागि सिधा उडान गर्न लागेको हो ।
सोही प्रयोजनका लागि कम्पनीले नेपालमा सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसलाई जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्ति गरेको छ । सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसकी सञ्चालन विभाग प्रमुख संगिता रौनियारका अनुसार आगामी जुन(जुलाईबाट गरुडा इन्डोनेसियाले इन्डोनेसियाको राजधानी जाकार्तास्थित सोइकर्नो हट्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन विमानस्थलमा सिधा उडानको योजना बनाएको छ ।
इन्डोनेसियामा नेपालको राष्ट्रिय ध्जवाबाहक वायुसेवा कम्पनीले समेत उडानको योजना बनाएको छ । नेपाल वायुसेवा निगमको १० वर्षे व्यवसायिक कार्ययोजना अनुसार सन् २०२३ बाट मात्र नेपाल वायुसेवा निगम वाइडबडी जहाजसहित इन्डोनेसियामा सेवा बिस्तारको योजना रहेको छ । अहिले इन्डोनेसिया जाने यात्रुका लागि मलेसियाबाट मालिन्दो एयरले उडान गरिरहेको छ । यसले क्वालालाम्पुरमा ट्रान्जिट गरी इन्डोनेसिया उडाइरहेको छ । गरुडा आएपछि क्वालालाम्पुर ट्रान्जिट हुनुपर्ने बाध्यता समेत हट्ने भएको छ ।








Leave a Reply
Be the First to Comment!