२०७७ माघ ८

आरम्भ चौतारीले देउराली र बिपिडब्लु लघुवित्तलाई प्राप्ती गर्ने, चुक्ता पूँजी ३० करोड ७७ लाख पुग्ने

काठमाडौं, २३ पौस । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत लघुवित्तहरुको मर्जरलाई जोड दिएसँगै आरम्भले यी दुई संस्था गाभ्ने निर्णय गरेको हो ।

 

 

संस्थाको सञ्चालक स्तरीय मर्जर समितिको सिफारिसमा पुस १० गते उक्त दुई संस्थालाई प्राप्ति गर्ने निर्णय भएको थियो । बिपिडब्लुको बनेपामा केन्द्रिय कार्यालय रहेको छ भने देउरालीको बुटवलमा छ ।

 

 

यो नयाँ सम्झौतासँगै यसअघि आरम्भको सिवाईसी लघुवित्त र शालिग्राम लघुवित्तबीच मर्जर सम्झौता भएको थियो । तर उक्त सम्झौता रद्ध गरिएको छ।
आरम्भ चौतारीको चुक्तापुँजी २६ करोड ३४ लाख ४८ लाख रुपैयाँ, बिपिडब्लु लघुवित्तको २ करोड ३ लाख र देउराली लघुवित्तको २ करोड ४० लाख रुपैयाँ रहेको छ । बिपिडब्लु र देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि संस्थाको चुक्तपूँजी ३० करोड ७७ लाख ४८ हजार रुपैयाँ पुग्ने छ ।

 

 

यसअघि आरम्भ लघुबित्त र चौतारी लघुबित्त संस्था एक आपसमा गाभिएर आरम्भ चौतारी लघुवित्त बनेका हुन । चौतारीको बुटवलमा केन्द्रिय कार्यालय रहेको थियो भने आरम्भको काभ्रेमा रहको थियो । अहिले काभ्रेमा केन्द्रिय कार्यालय रहेको यस संस्थाले ३० भन्दा बढी जिल्लामा वित्तीय सेवा दिदै आएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
Contact Office
Welcome Digital pvt.ltd
Department of Information and Broadcasting
Reg.no. 1624⁄2076-077
Kamaladi, Kathmandu
Contact : 01-4258581
Email : himalikhabar10@gmail.com
Editor : Shanker PD.Pandit


www.himalikhabar.com All rights reserve 2016