हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच आउने साता मर्ज सम्झौता हुने

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच आउने साता मर्ज सम्झौता हुने

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आउने साता मर्ज सम्बन्धित सम्झौता (एमओयू) मा हस्ताक्षर हुने भएको छ । स्रोतका अनुसार मंगलबार नै मर्जसम्वन्धी सम्झौता हुने छ ।

मर्जर कमिटीको बैठकपछि हिमालयन बैंकको बोर्ड बैठकले मर्ज सम्वन्धी निर्णय पारित गर्नेछ। स्वाप रेसियो नै १ः१ को रूपमा रहने भएको छ। मर्जपछिको हिमालयन–इन्भेष्टमेन्ट बैंक सबभन्दा ठूलो हुनेछ। दुवै बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण समायोजन गर्दा चुक्ता पुँजी करिब २५ अर्ब हुनेछ, जुन हालका वाणिज्य बैंकहरूको तुलनामा सबभन्दा उच्च हो।

बैंकको अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहनेछन्।

प्रकाशित मिति:     ९ बैशाख २०७८, बिहीबार  |    Himali Khabar