२०७७ माघ ८

मुक्तिनाथ विकास बैंकद्वारा स्थापना दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा सहयोग प्रदान

काठमाडौं, १९ पौस । मुक्तिनाथ विकास बैंक स्थापनाको १४ वर्ष पार गरी १५औं वर्षमा प्रवेश गरेको छ । २०६३ साल पौष १९ गते कास्की, स्याङ्गजा र तनहूँको कार्यक्षेत्र स्वीकृति लिई स्याङ्गजाको पुतलीबजारमा केन्द्रीयकार्यालय स्थापना गरी, १ करोड ३० लाख रुपैयाँ चुक्तापूँजीमा बैंक सञ्चालनमा आएको थियो । आज बैंकले स्थापनाको अवसर पारेर विकास बैंकका क्षेत्रीय तथा शाखा कार्यालयहरुमा विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु गरेको छ ।

यस अवसरमा विभिन्न स्थानमा रहेका ६ अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, पिउने पानी शुद्धीकरण मेसिन हस्तान्तरण, गौशाला संरक्षणका लागि आर्थिक सहयोग तथा काठमाडौं महानगरपालिका वडा नं. १,महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरी अगाडिको सडक पेटी वाहेकको खालीचौरमा वातावरण मैत्री हरित बगैचा निर्माणमा सहयोग गरेको जानकारी दिएको छ।

 
साथै, बैंकले कोरोनाको महामारीको विषम परिस्थितिमा डिजिटल बैंकिङ्ग प्रणालीलाई प्रोत्साहन गर्न भिसा कन्ट्याक्टलेस डेविट कार्ड संचालनमा ल्याएको छ । यसबाट ग्राहकले आफ्नो कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरी (नछोई) सरल तरिकाले पिओएस टरमिनलमा ग्राहकले खरिद गरेका सामाग्रीहरुको बिल भुक्तानी गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
Contact Office
Welcome Digital pvt.ltd
Department of Information and Broadcasting
Reg.no. 1624⁄2076-077
Kamaladi, Kathmandu
Contact : 01-4258581
Email : himalikhabar10@gmail.com
Editor : Shanker PD.Pandit


www.himalikhabar.com All rights reserve 2016