२०७७ माघ ८

कोरियामा प्रवासी श्रमिकको बासस्थानबारे नयाँ व्यवस्था, कन्टेनरमा राख्न नपाइने

सोल, १८ पौस । दक्षिण कोरियामा कार्यरत विदेशी श्रमिकलाई कन्टेनर वा प्लास्टिकको घरमा राख्न नपाइने भएको छ। रोजगारदाताले यसअघि विदेशी श्रमिक राख्न प्लास्टिकको घर वा कन्टेनरमा राख्नका लागि अनुमति पाएका भएपनि अब भने त्यसरी राख्न नपाइने व्यवस्था कोरियाली सरकारले गरेको हो।

 

 

कोरियाको कृषि क्षेत्रमा कार्यरत आप्रवासी श्रमिकको असुरक्षित बसाईका कारण ज्यान गएको पाइएपछि सरकारले सन् २०२१ को सुरुदेखि नै लागू हुने गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले जानकारी दिए। कोरियामा कृषि क्षेत्रमा कार्यरत विदेशी श्रमिकलाई झ्यालसमेत नभएको प्लास्टिकले बेरेर बनाइएको कोठा तथा चर्पीसम्मको व्यवस्था नभएको कन्टेनरमा राखेर चर्को शुल्कसमेत लिईँदै आएको भन्दै क्रियाशिल मजदुर अधिकारवादी संगठनले आन्दोलन गर्दै आएका थिए।

 

 

गत वर्ष कोरिया सरकारले लागू गरेको मजदुर निर्देशिकामा रोजगारदाताले विदेशी श्रमिकबाट खानेबस्ने सुविधाबापत तलबको २० प्रतिशत रकम कटौती गर्न पाउने उल्लेख छ। सोही नियमलाई आधार मान्दै रोजगारदाताले आधारभूत सुविधासमेत उपलब्ध नभएका बासस्थान उपलब्ध गराएर शुल्क असुल्ने गरेका थिए। त्यसको विरोधमा आफूहरूले निरन्तर आन्दोलन गर्दै आएकोमा मजदुरको पक्षमा निर्णय आएको राईको भनाइ छ।

 

 
नयाँ व्यवस्था लागू भएसँगै अब रोजगारदाताले विदेशी श्रमिक राख्नुपरेमा श्रमिकका लागि व्यवस्था गरिएको बासस्थानको फोटो तथा भिडियोसम्बन्धित निकायमा उपलब्ध गराउनुपर्ने छ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
Contact Office
Welcome Digital pvt.ltd
Department of Information and Broadcasting
Reg.no. 1624⁄2076-077
Kamaladi, Kathmandu
Contact : 01-4258581
Email : himalikhabar10@gmail.com
Editor : Shanker PD.Pandit


www.himalikhabar.com All rights reserve 2016