२०७७ माघ ८

चीनमा काम लगाइदिने भन्दै महिला बेच्ने पुरुष पक्राउ

काठमाडौं, १५ पौस । गैरकानुनी रूपमा चीन पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काभ्रे रोशी गाउँपालिका ४ घर भई ललितपुरको पाटनमा बस्ने ३२ वर्षीय किरण तामाङलाई पक्राउ गरेको हो ।

 

 

तमाङले चीनमा व्यापार तथा रोजगारी दिने भन्दै उनलाई प्रलोभनमा पारेका थिए। त्यसरी ललाईफकाई गैरकानूनी तरिकाले गत वर्ष पुस २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन पुर्‍याएका थिए । उनी आफैंले ती महिलालाई चीनको सान्दोङ प्रान्तको हेज सहरको ताङ–लो भन्ने स्थानमा पुर्‍याएका थिए ।

 
उक्त ठाउँमा बस्ने ताम्पु थोङ भन्ने चिनियाँ नागरिकलाई तामाङले ती महिला विक्री गरेको प्रहरीले जनाएको छ । ताम्पु थोङले ती महिलालाई शारीरिक र मानसिक यातना दिई बन्धक बनाइराखेका थिए । त्यसरी बन्धक बनाएको अवस्थामा ती महिला कोही नभएको मौका छोपी सामाजिक सञ्जालमार्फत् आफन्तहरूको सम्पर्कमा आएकी थिइन् ।

 
त्यसपछि उनले आफू विक्री भएको र यातना पाइरहेको भन्ने बताएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । ब्युरोलगायत विभिन्न निकायहरूसँग समन्वय गरी गत कात्तिक १२ गते ती महिलालाई नेपाल फर्काइ आफन्तको जिम्मा लगाइएको थियो । घटनापछि फरार रहेका तामाङलाई प्रहरीको टोलीले उनलाई ललितपुर महानगरपालिका(३ सानेपाबाट पक्राउ गरेको हो । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको एसपी चौधरीले बताए ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
Contact Office
Welcome Digital pvt.ltd
Department of Information and Broadcasting
Reg.no. 1624⁄2076-077
Kamaladi, Kathmandu
Contact : 01-4258581
Email : himalikhabar10@gmail.com
Editor : Shanker PD.Pandit


www.himalikhabar.com All rights reserve 2016