२०७७ मंसिर १३

पार्टी एकताबिरोधी भन्दै पाण्डेविरुद्ध ओली पक्षद्वारा चितवनमा नाराबाजी

काठमाडौं, ६ मंसिर । नेकपाका नेता सुरेन्द्र पाण्डेविरुद्ध पार्टी एकताबिरोधी भन्दै गृहनगरकै कार्यकर्ताहरूले नाराबाजी गरेका छन्।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालनिकटका स्थायी समिति सदस्य पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने काम मात्र गरेको भन्दै कार्यकर्ताले नाराबाजी गरेका हुन्।

राप्ती नगरपालिकाको विरेन्द्रनगरमा गरिएको अगुवा कार्यकर्ता भेलामा पुगेका पाण्डेलाई ओली समर्थित कार्यकर्ताले पार्टी एकताबिरोधी भन्दै लखेट्ने प्रयास गरेका थिए। उनीहरूले पार्टी एकता जिन्दावाद, पार्टी फुटाल्न पाइँदैनलगायतका नारा लगाएका थिए।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016