२०७७ मंसिर १३

यी पाँच कम्पनीको स्यानिटाइजरमा भेटियो विषाक्त रसायन

काठमाडौं, ५ मंसिर । औषधि व्यवस्था विभागले पाँच कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले स्यानिटाइजरमा स्वास्थ्यमा हानी पुर्‍याउने मेथानोल भेटिएकाले बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो ।

 
‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धि स्तर २०७६’ विपरीत विषाक्त रसायन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए । उनका अनुसार सीता हर्बल सुनसरीले उत्पादन गरेको ५० मिलिलिटरमा ८० प्रतिशत र पाँच सय मिलिलिटरको स्यानिटाइजरमा ८८ प्रतिशत मेथानोल भेटिएको छ । यसैगरी मकालु जडिबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हर्बल ललितपुर र ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङले उत्पादन गरेका स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

 

 

प्रतिबन्ध लगाइएका उद्योग तथा कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । त्यस्तै, बजारमा बिक्रीवितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान पनि निर्देशन दिइएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016