२०७७ मंसिर १३

नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थपियो

काठमाडौं, ५ मंसिर । सरकारले नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र ५ प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप्‍ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्वीकृत गरेको संघीय प्रहरी र प्रदेश प्रहरीको संगठन संरचना (ओएन्डएम) मा एक एआइजी र ५ डिआइजी थप्‍ने उल्लेख छ ।

 
मन्त्रिपरिषद्ले प्रहरीको ओएन्डएम स्वीकृत गरेको जानकारी बिहीबार गृहमा पठाएको गृह स्रोतले जानकारी दियो । मन्त्रिपरिषद्‍बाट आएको पत्रका आधारमा मन्त्रालय कार्यान्वयनको चरणमा जाने तयारीमा रहेको गृह स्रोतले बतायो । मन्त्रिपरिषद्ले ओएन्डएम स्वीकृत गरेपछि संघीय राजधानी काठमाडौंको सुरक्षार्थ अब ‘संघीय राजधानी प्रहरी’ गठन हुनेछ । त्यसको नेतृत्व एआइजीले गर्नेछन् । अहिलेसम्म राजधानीको सुरक्षा बागमती प्रदेश मातहतको प्रहरीले गथ्यो । अब ‘संघीय राजधानी प्रहरी’ ले राजधानीका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको सुरक्षा हेर्नेछ । त्यसका लागि एक एआइजीको दरबन्दी थपिएको हो । संघीय राजधानी प्रहरी गठन भएपछि मेट्रो प्रहरी हट्नेछ ।

 
अहिलेसम्म तीन एआइजीको मात्र दरबन्दी थियो । एआइजीको दरबन्दी थपिएसँगै डिआइजीहरू विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह, उत्तम सुवेदीमध्य एक एआइजी हुनेछन् । थपिएका ५ डिआइजी एक जना साइबर ब्युरो र बाँकी चार जना प्रधान कार्यालयमा रहने नयाँ दरबन्दी कायम गरिएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016