२०७७ मंसिर १३

ट्रम्प अमेरिकी इतिहासकै गैरजिम्मेवार राष्ट्रपति भएको बाइडेनको आरोप

काठमाडौं, ५ मंसिर । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्प इतिहासकै गैरजिम्मेवार राष्ट्रपति भएको बताएका छन् । ट्रम्पले चुनावी पराजय अस्वीकार गरेको विषयलाई बाइडेनले उनका अभिव्यक्तिहरुको भत्सर्ना गरेका हुन् ।

 

 

डोनाल्ड ट्रम्पले गैरजिम्मेवार अभिव्यक्ति सन्देश दिइरहेको उल्लेख गर्दै बाइडेनले ट्रम्पलाई आफू चुनावमा हार्छु भन्ने जानकारी भएकाले यस्तो व्यवहार प्रस्तुत गरिरहेको आरोप लगाए। उता चुनावमा धाँधली भएको भन्दै कानुनी उपचार खोजिरहेका ट्रम्पले विभिन्न राज्यका विधायकलाई ह्वाइटहाउसमा बोलाएर आगामी रणनीतिबारे छलफल गरिरहेका छन् ।

 

 
राष्ट्रपति निर्वाचनमा ट्रम्पले २ सय २३ मत प्राप्त गर्दा बाइडेनले ३ सय ६ इलेक्ट्रोल मत ल्याएका छन्। जसलाई ट्रम्पले स्वीकार्न चाहेका छैनन्। हरेक राज्यले निर्वाचनको मत परिणाम बुझाउनुपर्ने समय नजिकिएको छ। तैपनि ट्रम्पले सफलता पाउने कुनै आधार देखिदैन ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016