२०७७ मंसिर १३

पैसाको लोभमा कोरोनाको नक्कली रिर्पोट थमाउने यी अस्पताल र दुई ल्याव

काठमाडौं, ४ मंसिर । काठमाडौं उपत्यकाका दुई निजी अस्पताल र दुई निजी ल्याबहरुले पीसीआरको नक्कली रिपोर्ट दिने गरेको पाइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र छाउनी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई काटेको पत्रमा सानेपास्थित स्टार अस्पताल, ह्‍याम्स अस्पताल, सेन्टर डाइगोनोस्टी ल्याबरोटरी र सूर्या हेल्थ केयरले कोरोनो पोजेटिभ देखिएका विदेश जाने व्यक्तिलाई नेगेटिभ दिने गरेको पाइएको देखिएको छ ।

 

 
“यी अस्पताल र ल्याबहरुले स्वाब संकलनपश्चात निर्धारित समयसम्म भण्डारण गरेर राख्नुपर्नेमा उक्त नगरेको, स्वाब संकलनपश्‍चात् पनि रिपोर्ट मनिपलुसन गरी पोजेटिभ रिपोर्ट दिने गरेको, कोभिड पीसीआर परीक्षणमा थप विश्वसनीय बनाउन आवश्यक विषय छ,” सोही पत्रमा भनिएको छ । नक्कली रिपोर्ट लिएर गएका यात्रुहरु दुबईको यूएई र हङकङ पुगेपछि यी अस्पतालको रिपोर्टमाथि पर्यटन मन्त्रालयले छानबिन थालेको हो ।

 

 

यसरी ल्यावहरुले मनोमानी गरेर जनस्वास्थ्यमा गम्भिर खेलवाड गर्दा समेत सरकार मौन बस्नु आश्चर्यजनक विषय छ । पैसामा रिर्पोट बेच्नेहरुलाई कडा कारबाही गर्नुपर्ने माग बढ्दो छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016