२०७७ मंसिर १३

रौतहटमा एक युवतीको गोली हानी हत्या

काठमाडौं, २७ कात्तिक । रौतहटमा गोली प्रहारबाट एक जना युवतीको हत्या भएको छ। गए राति करिब ११ बजेतिर गोली प्रहारबाट १८ वर्षिया अमृता कुमारीको हत्या भएको हो।

 
जिल्ला प्रहरी कार्यालय रौतहटबाट घटनास्थलमा प्रहरी उपरीक्षक सिद्धिविक्रम साहसहितको टोली पुगेका छन्। अमृताको कन्चटमा एउटा गोली लागेको रौतहट जिप्रकाले जनाएको छ। गोली प्रहार गर्ने समूहको खोजी भइरहेको छ।

 

अमृताको विवाह गत वर्ष फागुनमा सर्लाही मधुवनगोठका रूपेश साहसँग भएको थियो। विवाहको केही समयपछि उनी लौकाहास्थित माइतीमा बस्दै आएकी थिइन्। गत असारमा अमृताले श्रीमानसँग सम्वन्ध विच्छेद गरेकी थिइन्।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016