२०७७ मंसिर १३

कोरोना नियन्त्रणमा २० अर्ब खर्च

काठमाडौं, २७ कात्तिक । सरकारले कोरोना महामारी नियन्त्रणका लागि राज्यकोषबाट २० अर्ब खर्च गरेको छ। कोरोना नियन्त्रणका लागि १३अर्ब ३७ करोड ३१ लाख ५६ रूपैयाँ खर्च भएको विवरण गत भदौमा सार्वजनिक गरिएको थियो भने पछिल्ला चार महिनामा ६ अर्ब ८१ करोड ५९ लाख रुपैयाँ खर्च भएको विवरण बुधबार सार्वजनिक गरिएको हो।

 
यति धेरै रकम खर्च भए पनि महामारी भने नियन्त्रण बाहिर रहेको छ। सरकारको गलत नीतिका कारण कोरोना अहिले देशभर तीव्र गतिमा फैलिइरहेको छ। हालसम्म २ लाख २३ हजार २९ जना संक्रमित भएका छन् भने ११ सय ७४ जनाले ज्यान गुमाएका छन्। सरकारी तथ्यांकभन्दा अझै धेरै मृत्यु भएको तथ्यांंकहरु सार्वजनिक भइरहेका छन्।

 

भदौमा सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रण र त्यसबाट संक्रमितको उपचारका लागि तीनवटै तहबाट १३अर्ब ३७ करोड ३१ लाख ५६ रूपैयाँ खर्च भएको थियो। जसमा संघीय सञ्चित कोष र कोरोना कोषबाट ५ अर्ब ८४ करोड रूपैयाँ खर्च भएको छ। त्यसमा कोरोना कोषको १ अर्ब ३ करोड रूपैयाँ समावेश गरिएको थियो।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016