२०७७ मंसिर १३

नेपालको जनसंख्या ३ करोड पुग्ने प्रक्षेपण

काठमाडौं, २४ कात्तिक । सरकारले नेपालमा करीव ७० लाख घर परिवार र ३ करोड जनसंख्या पुग्ने प्रक्षेपणसहित राष्ट्रिय जनगणना सञ्चालन गर्ने भएको छ । उक्त अभियानको तयारीका कामहरू अहिले जारी रहेको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।

 
उनका अनुसार जनगणनाबाट नेपालमा घर परिवारको संख्या ७० लाख पुग्ने र जनसंख्या ३ करोड नाघ्नेछ । राष्ट्रिय जनगणना २०६८ को वृद्धिदरलाई आधार मानेर गरिएको अनुमानमा अहिले नेपालको जनसंख्या ३ करोड १ लाख ४२ हजार २ सय ६६ रहेको छ ।

 
जनगणना सञ्चालनका लागि तयारीका काम अघिल्लो आर्थिक वर्ष २०७६–७७ बाटै शुरु गरिएको थियो । चालु आवमा भने सक्ने लक्ष्य छ । विभागले २०७८ सालको जेठ २५ देखि असार ८ गतेसम्म हरेक घरमा पुगेर जनगणना गर्नेछ ।

 
जनगणनाका दौरान देशभर ४३ हजार गणकले घरघरमा पुगेर तथ्यांक संकलन गर्नेछन् । उनीहरुको समन्वयका लागि ९ हजार सुपरीवेक्षक कर्मचारी खटाउन लागिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए । जनगणनाको कामलाई सहजीकरण र व्यवस्थित गर्न केन्द्रदेखि वडास्तरसम्म विभिन्न समिति बन्नेछन् । निर्देशक समिति, समन्वय समिति, प्राविधिक समिति, विषयगत समिति, प्रदेश समिति, स्थानीय तहस्तरीय समिति र वडास्तरीय सहजीकरण समितिसमेत बन्ने भएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016