२०७७ मंसिर १३

भाइमसलाको मूल्य २० प्रतिशतले सस्तियो

काठमाडौं, २२ कात्तिक । तिहारमा प्रयोग हुने भाइमसलाको मूल्य यो वर्ष २० प्रतिशतले सस्तिएको छ। भाइमसलाको मूल्य घटे पनि कोभिड—१९ को जोखिमका कारण व्यापार भने आधाभन्दा बढीले घटेको छ। चाड तिहारको पाँचौँ दिनमा पर्ने भाइटीकामा हिन्दू परम्पराअनुसार भाइमसला अनिवार्य हुन्छ।

 
भाइमसलामा काजु, किसमिस, ओखर, नरिवल, बदाम, पेस्ता, अञ्जिर, मखना, छोकडा, ल्वाङ सुकुमेललगायत पर्छन्। यी मसलाहरुको गुणस्तरअनुसार फरक भए पनि विगत वर्षभन्दा कम रहेको असन क्षेत्रमा व्यापार गर्दै आएका संजयदत्त तुलाधरले बताए । मूल्य कम भए पनि ग्राहक न्यून संख्यामा मात्रै आउने गरेको उनले बताए।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016