२०७७ मंसिर १३

हिमालयन बैंक र बैंक अफ काठमाण्डूले ग्यारेन्टीको डेढ अर्ब रुपैयाँ फिर्ता पाउने

काठमाडौं, २१ कात्तिक । हिमालयन बैंक र बैंक अफ काठमाण्डूले मेलम्ची खानेपाली आयोजनाको बैंक ग्यारेन्टीवापत् फसेको पैसा फिर्ता पाउने भएका छन्। चीनको तल्लो अदालतले दुई बैंकको पक्षमा मुद्दा फैसला गरेसँगै चाइना रेलवे ग्रुप अफ कम्पनीले बैंक ग्यारेन्टी बसेवापत लगेको रकम फिर्ता गर्नु पर्ने भएको हो। बैंकले प्राप्त गर्नु पर्ने रकमका लागि शुक्रबार नै दाबी गर्ने जानकारी दिएको छ।

 

 
चीनको तल्लो अदालतले नेपाली बैंकको पक्षमा मुद्दा फैसला गरे पनि चाइना रेलवे कम्पनीले माथिल्लो अदालतमा पुनरावेदन गरेमा दाबी प्रक्रिया केही लम्बिने बैंकले जनाएको छ। तर, माथिल्लो अदालतमा गए पनि पुनः जित्ने सम्भावना ९९ प्रतिशत हुने बैंकको दाबी छ।

 

 

मेलम्ची खानेपाली आयोजनाको बैंक जमानत बस्दा बैंक अफ काठमाण्डूको ६६.२५ लाख अमेरिकी डलर र १४.हिमालयन बैंक र बैंक अफ काठमाण्डूको पक्षमा चिनियाँ अदालतको फैसला, बैंक ग्यारेन्टीको डेढ अर्ब रुपैयाँ फिर्ता आउने ११ लाख यूरो सहित जम्मा ८५ करोड रुपैयाँ फसेको थियो। त्यस्तै हिमालयन बैंकको ६६ करोड रुपैयाँ फसेको थियो। दुबै बैंकको जम्मा एक अर्ब ५१ करोड रुपैयाँ फसेको थियो। चीनको अदालतले उक्त रकम हर्जार्नासहित फिर्ता पाउने गरि मुद्दा फैसला गरिदिएको हो।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016