२०७७ मंसिर १३

विश्वभर ३ करोड २४ लाख कोरोना संक्रमित उपचारपछि निको भए

काठमाडौं, १२ कात्तिक । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड ४२ लाख ५२ हजार पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ११ लाख ७१ हजार ४७९ पुगेको छ । हालसम्म ३ करोड २४ लाख ४७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० लाख ३८ हजार ३० पुगेको छ । यहाँ हालसम्म २ लाख ३२ हजार ८४ हजार जनाको मृत्यु भएको छ ।

 

 

भारतमा हालसम्म ७९ लाख ९० हजार ३२२ संक्रमित हुँदा १ लाख २० हजार ५४ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ५४ लाख ४० हजार ९०३ जना संक्रमित हुँदा १ लाख ५७ हजार ९८१ जनाको मृत्यु भएको छ । रुसमा १५ लाख ४७ हजार ७७४ संक्रमित हुँदा २६ हजार ५८९ जनाको मृत्यु भएको छ । फ्रान्समा ११ लाख ९८ हजार ६९५ संक्रमित हुँदा ३५ हजार ५४१ जनाको मृत्यु भएको छ ।

 

 
स्पेनमा संक्रमितको संख्या ११ लाख ७४ हजार ९१६ पुगेको छ भने ३५ हजार २९८ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा ११ लाख १६ हजार ६०९ संक्रमित हुँदा २९ हजार ७३० जनाको मृत्यु भएको छ । कोलम्बियामा १० लाख ३३ हजार २१८ संक्रमित हुँदा ३० हजार ५६५ जनाको मृत्य भएको छ । यता, बेलायतमा हालसम्म ९ लाख १७ हजार ५७५ जना संक्रमित रहेका छन् ४५ हजार ३६५ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ८ लाख ९५ हजार ३२६ जना संक्रमित हुँदा ८९ हजार १७१ को मृत्यु भएको छ । पेरुमा ८ लाख ९२ हजार ४९७ जना संक्रमित हुँदा ३४ हजार २५७ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ७ लाख १७ हजार ८५१ जना संक्रमित हुँदा १९ हजार ५३ जनाको मृत्यु भएको छ ।

 

इरानमा ५ लाख ८१ हजार ८२४ जना संक्रमित हँदा ३३ हजार २९९ जनाको मृत्यु भएको छ । इटलीमा ५ लाख ६४ हजार ७७८ जना संक्रमित हुँदा ३७ हजार ७०० जनाको मृत्यु भएको छ । चिलीमा ५ लाख ४ हजार ५२५ जना संक्रमित हुँदा १४ हजार २६ को मृत्यु भएको छ । जर्मनीमा ४ लाख ६३ हजार ६१९ जना संक्रमित हुँदा १० हजार २६३ जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म ४ लाख १ हजार ५८६ जना संक्रमित हुँदा ५ हजार ८३८ को मृत्यु भएको छ ।पाकिस्तानमा ३ लाख ३० हजार २०० संक्रमित हुँदा ६ हजार ७५९ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १ लाख ६० हजार ४०० जना संक्रमति फेला पर्दा १ लाख १८ हजार ८४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ८७६ जनाको भने मृत्यु भएको छ ।

 

 

जापानमा ९७ हजार ४९८ जना संक्रमित हुँदा १ हजार ७२५ जनाको ज्यान गएको छ । यता, कोरोना संक्रमणको सुरुवात भएको चीनमा पछिल्लो २४ घण्टामा ४२ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार ८६८ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016