२०७७ मंसिर १३

अधिकारीले तारकेश्वरका १० वटै युवा क्लबहरुलाई खेलकुद तथा स्वास्थ्य सामाग्री प्रदान गर्ने

काठमाण्डौ, ५ कार्तिक । नुवाकोट तारकेश्वर गाउँपालिकाभित्रका ६ वटै वडाहरु तारुका २ र ३ बुद्धसिंह ४, दाङसिङ १, गोस्र्याङ ५ र ६ गरि १० वटै युवा क्लबहरुलाई प्रदान गर्ने भनिएको खेलकुद तथा स्वास्थ्य सामाग्री तिहारको पूर्वसन्ध्यामा प्रदान गरिने भएको छ ।                                                                                                                                                                                                                            सामाजिक अभियन्ता, जीपी कोईराला फाउण्डेशन नुवाकोटका जिल्ला उपाध्यक्ष तथा गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी‘अबिरल’ले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै आफु युवाहरुलाई उत्प्रेरणा दिने कार्यमा सदैब क्रियाशिल रहेको र समृद्ध तारकेश्वर नै आफ्नो अन्तिम लक्ष्य रहेको बताएका छन ।
प्राबिधीक कारणले हाललाई स्थगीत गरिएको खेलकुद तथा स्वास्थ्य सामाग्री तिहारको पूर्वसन्ध्यामा बितरण गरिने छ । जसअनुसार खेलकुद सामाग्रीहरु क्रमशः क्रिकेट व्याट, बल, क्रिकेट स्ट्याण्ड, व्याडमिन्टन, भलिबल नेट, कक व्याडमिन्टन, भलिबल, फुटबल, पम्प, स्वास्थ्य सामाग्री स्ट्रेचर र फुटबल जर्सी लगायतका खेलकुद सामाग्री बितरण गरिने अधिकारीले बताए ।
यसका साथै आजै काठमाण्डौबाट तारुका वडा नम्बर ३ मा रहेको गोरखनाथ युवा समाजलाई खेलकुद सामाग्री पठाईएको र एकसाता अघि नुवाकोट वडा नम्बर ६ मा रहेको बाघभैरव युवा क्लबलाई स्वास्थ्य सामाग्री तथा खेलकुद सामाग्री प्रदान गरिसकिएको समेत बताईएको छ । खेलकुद सामाग्री बितरणसँगै घरदैलो सहितको दशैतिहार, छठको शुभकामना आदन प्रदान गरिने समेत बताएका छन ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016