२०७७ कार्तिक ३

कार्यकक्षमै बेहोस अवस्थामा फेला परेका बिमा कम्पनीका म्यानेजरको मृत्यु

काठमाडौं, १ कात्तिक । कञ्चनुरमा कार्यालयमै बेहोस अवस्थामा फेला परेका एक बिमा कम्पनीको म्यानेजरको मृत्यु भएको छ। रिलायन्स कम्पनीका शाखा म्यानेजर गणेश साउदको धनगढीको माया मेट्रो अस्पतालमा शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको हो।

 
शुक्रबार दिउँसो २ बजे कार्यकक्षमै उनी बेहोस भएको अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि कार्यालयका कर्मचारीले धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याएका थिए। स्थायी ठेगाना बैतडी जिल्लाको सुर्नया गाउँपालिका–४ घर भएका उनी हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोल बस्दै आएका थिए।

 

घटनास्थल नजिकैबाट सल्फासको बोतल फेला परेको प्रहरीले जनाएको छ। ‘वान्ता गरेको र बेहोस भएर ढलेको अवस्थामा फेला परेपछि उपचारका लागि धनगढी ल्याएको भए पनि उनको अवस्था बिग्रिएपछि मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले भने।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016