२०७७ कार्तिक ३

९ अर्ब भ्रष्टाचार गर्‍यो भन्ने अभिव्यक्ति गैरजिम्मेवार र निराधार ः प्रधानमन्त्री ओली

काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाएको आरोपमा सत्यता नभएको भन्दै खण्डन गरेका छन् । ६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा डा. भट्टराईको आरोप गैरजिम्मेवार र निराधार अभिव्यक्ति भएको उनले बताए ।

 

 

‘केही गैरजिम्मेवार तत्वहरू गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु । एउटा निर्णय नभएको, कसैले नलिएको, कार्य आरम्भ नभएको र त्यो हुन्छ, हुँदैन, कसले गर्छ, कसरी गर्छ भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीहरू मिलेर यति अर्ब खायो भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु,’ प्रधानमन्त्री ओली भने ।

 

 

देश र जनतालाई गलत सूचना दिएर भ्रममा पारेर भड्काएर गलत बाटोमा लाने कुचेष्टा, हर्कत आफूहरूले गर्न नसक्ने उनले बताए । केही दिनअघि एक कार्यक्रममा डा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा तथा पुष्पकमल दाहालले बुढीगण्डकी जलविद्युत् आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण आफूसँग रहेको दाबी गरेका थिए ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016