२०७७ कार्तिक ३

कास्कीमा निर्माणधिन सेती नदि जलविद्युत आयोजनाका लागि ३ अर्ब ५० करोड ऋण लगानी जुट्यो

काठमाडौं, २९ असोज । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणा भइरहेको २५ मेगावट क्षमताको सेती नदि जलविद्युत आयोजनाका लागि एनएमबि बैंकको नेतृत्वमा दुई वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् ।

 

एनएमबि बैंकको नेतृत्वमा कृषि विकास बैंक र कर्मचारी सञ्चय कोषले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । यो भिजन लुम्बिनी उर्जा प्रवद्र्धन कम्पनीद्वारा प्रर्वद्धित आयोजना हो । आज भिडियो कन्फ्रेन्स मार्फत कम्पनी र ३ वित्तीय संस्थाबीच ऋण लगानीको सम्झौता भएको हो ।

 

आयोजनाको लागत ५ अर्ब रुपैयाँ रहेको छ ।

 

विगत ९ महिनादेखि निर्माणको काम भैरहेको आयोजनाको आगामी १८ देखि २० महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनीका अध्यक्ष जगत बहादुर पोखरेलले जानकारी दिए । नमूना जलविद्युत आयोजानको रूपमा स्थापित हुने गरी समयमा नै सम्पन्न गर्ने प्रतिवद्धता जनाउदै उनले आयोजना सम्पन्न नभई अर्र्काेमा हात नहाल्ने बाचा पनि गरे ।

 

आयोजनालाई गुणस्तरीय बनाउन सुपरिवेक्षणको जिम्मेवारी हाइड्रो कन्सल्ट इन्जिनियरिङलाई दिइएको छ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016