२०७७ कार्तिक ३

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्‌मा‍ नेपाल पुनः निर्वाचित

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्‌मा‍ नेपाल पुनः निर्वाचित भएको छ। राष्ट्रसंघको प्रधान कार्यालय न्युयोर्कमा भएको निर्वाचनमा नेपाल परिषद् सदस्यका रूपमा पुनः निर्वाचित हुन सफल भएको हो।

 
नेपाल २०१८ को जनवरीदेखि परिषद्को सदस्य रहँदै आएको छ। १५० मत पाएर निर्वाचित भएको नेपाल २०२१–२०२३ सम्मका लागि चुनिएको हो।

 

नेपालसँगै एशिया प्यासिफिक क्षेत्रबाट चिन, पाकिस्तान र उज्वेकिस्तान पनि निर्वाचित भएका छन्। राष्ट्र संघको ७५औं महासभामा भएको निर्वाचनबाट १५ सदस्य राष्ट्र परिषद्‌मा‍ निर्वाचित भएका हुन्। परिषद्‌मा‍ विभिन्न क्षेत्रगत आधारमा ४७ सदस्य रहने व्यवस्था छ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016