२०७७ कार्तिक ३

कोभिडले १५ करोड मानिसलाई चरम गरिबीमा पुर्‍याउँछ

काठमाडौं, २८ असोज । विश्व बैंकले सन् २०२१ को अन्त्यसम्म विश्वका १५ करोड मानिस ‘चरम गरिबी’ मा फस्न सक्ने चेतावनी दिएको छ । कोरोनाभाइरस र त्योसँगै आएको विश्वव्यापी मन्दीका कारण गरिबीको दर त्यसरी बढ्ने विश्व बैंकले आङ्कलन गरेको हो । गरिबी वृद्धिको यो दर २० वर्षपछिकै सबैभन्दा बढी हो ।

 

 

विश्व बैंकले हालै सार्वजनिक गरेको ‘गरिबी र साझा समृद्धि रिपोर्ट’ मा यो अवधिमा ९।१ प्रतिशतदेखि ९।४ प्रतिशतसम्म व्यक्ति चरम गरिबीबाट प्रभावित हुने जनाइएको छ । अहिले विश्व बैंकले दैनिक १।९ डलरभन्दा कम आम्दानी भएकालाई चरम गरिबको रुपमा व्याख्या गर्ने गरेको छ । महामारी सुरु नभएको समयमा यस्तो गरिबी ७।९ प्रतिशतले घट्ने अनुमान गरिएको थियो ।

 

 

‘महामारी र विश्वव्यापी मन्दीले विश्वको १।४ प्रतिशतभन्दा बढी जनसंख्या चरम गरिबीमा पर्न सक्छ’, विश्व बैंक समूहका अध्यक्ष डेभिड मालपासले भने, ‘विकासको प्रगति र गरिबी न्यूनीकरणमा यो गम्भीर अवरोध उल्ट्याउन देशहरूले पूँजी, श्रम, सीप र नवीनतालाई नयाँ व्यवसाय र क्षेत्रहरुमा जान दिएर कोभिड पछाडि विभिन्न अर्थतन्त्रको तयारी गर्नु आवश्यक छ ।’

 

 

चरम गरिबी दर बढ्दो क्रममा छ, विश्वव्यापी जनसंख्याको एक चौथाईले दिनको ३।२० डलरभन्दा कम कमाउँछन् । र, ४० प्रतिशतभन्दा बढी दैनिक ५।५ डलरको दरमा आम्दानी गरिरहेका छन् । समग्रमा पछिल्लो दशकको अन्तिम क्वार्टरमा गरिबीको दर निरन्तर घट्दै गएको थियो । सन् १९९० मा १ अर्ब ९० करोड जनसंख्या चरम गरिबीमा रहेका थियो । विश्व बैंक समूहका अनुसार यो तुलनामा २०१७ मा यो संख्या ६८ करोड ९० लाखमा झरेको थियो । हालको रिभर्सलको पछाडि कोभिड–१९ बाहेक विश्व बैंकले सैन्य द्वन्द्व र जलवायु परिवर्तन रहेको औंल्याएको छ । अत्यन्त गरिब ग्रामीण इलाकामा प्रायः महशुस गरिन्थ्यो । तर यो अब सहरी केन्द्रहरुमा समेत फैलिसकेको छ । रिपोर्टमा भनिएको छ, ‘चरम गरिबीमा पर्नेमध्ये ८२ प्रतिशत जनसंख्या मध्यम आय भएका देशबाट हुनेछन् ।’

 
यो आर्थिक पूर्वानुमान विश्वका सबै देशलाई समेटेर आएको छ । ती देशहरु जसले कोभिड–१९ संक्रमणको पहिलो चरणलाई राम्रोसँग डिल गरे तर दोस्रो चरणको छालमा लपेटिए, ती देशहरु समेत यो पूर्वानुमानमा समेटिएका छन् । जोन हकिङ्सन विश्वविद्यालयको सातदिने रोलिङ–एभरेजअनुसार संयुक्त राज्य अमेरिकासहित कोभिड–१९ को प्रभाव सबैभन्दा बढी परेका १० मध्ये ८ देशमा अझै पनि यस्तो संख्या बढ्दै गएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016